स्थानीय सञ्चारमाध्यम नै राष्ट्रिय मिडियाको आधार हुन : पूर्व मुख्यमन्त्री सोनल

वीरगंज , पुष – ९
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले जिल्ला तथा प्रदेशस्तरका सञ्चारमाध्यमलाई सशक्त बनाएर ‘राष्ट्रिय मिडिया’को रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन ।

मिडिया काउन्सिल मधेश प्रदेशद्वारा बाराको कलैयामा आयोजित “सञ्चारमाध्यमको अवस्था र चुनौती” विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रको विकास, पत्रकारको सुरक्षा र निष्पक्ष पत्रकारिताप्रति आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा बारा र पर्साका ५० भन्दा बढी सञ्चार संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

पूर्व मुख्यमन्त्री सोनलले विज्ञापन वितरणमा सुधार आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं केन्द्रित मिडियालाई मात्र विज्ञापन दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा याखे । स्थानीय तह र सरकारी कार्यालयले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

पत्रकार सुरक्षाको सवालमा सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले यस विषयमा संसद् र सरकारमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । साथै, संघीयता कार्यान्वयनमा केन्द्रको हस्तक्षेपका कारण प्रदेशका अधिकार खुम्चिँदै गएको आरोप लगाउँदै समयमै निष्पक्ष निर्वाचन हुनुपर्नेमा समेत जोड दिए ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय तथा प्रदेशस्तरीय नेतृत्वको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः