वीरगंज , पुष – १०
भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटना गएराति करिब २ बजे नेशनल हाइवे–४८ मा भएको हो।
बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लीपर कोच बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको बीबीसी हिन्दीले जनाएको छ। बसमा ३२ जना यात्रु सवार थिए।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको शव पहिचान भइसकेको छ भने घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।















