वीरगंज , पूष -१०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नं–३ बाट समानुपातिकतर्फ मधेसी महिला प्रियन्का यादवको एकल सिफारिस गरिएको छ।
डबल एम.एड उत्तीर्ण यादव पार्टीकी सक्रिय सदस्यसमेत हुन्। पार्टीभित्र नयाँलाई अवसर दिनुपर्ने राष्ट्रिय अध्यक्षको धारणा अनुरूप आफूले समानुपातिक उम्मेदवारी दिएको यादवले बताएकी छन्।
उनका श्रीमान् नगिना यादव विद्यार्थी जीवनदेखि नै राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका छन् । हिन्दुत्व र राजसंस्थाको मुद्दामा अडिग रहँदै उनले विभिन्न कठिनाइ र प्रहरी हिरासतको सामना गरे पनि राप्रपामै राजनीतिक यात्रा जारी राखेको बताइएको छ ।















