पर्सामा धुताहा खोलाबाट १२० केजी गाँजा बरामद

वीरगंज , पूष – १०

पर्साको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार, मंगलबार राति आठ वटा ठूलो पोका गरी १२० केजी लागू औषध गाँजा फेला परेको हो ।

गाँजा बोकेर गइरहेका व्यक्तिहरू फरार भएका कारण पक्राउ गर्न सकेको छैन । बरामद गाँजा आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

सम्बन्धित पोस्टहरुः