क्रिसमसमा ४ नयाँ फिल्म हलमा रिलिज

वीरगंज , पुष – १०

क्रिसमसको अवसरमा बिहीबारदेखि ४ नयाँ फिल्म हलमा रिलिज भएका छन्। नेपाली फिल्म ‘मुगलान’ र तीन विदेशी फिल्म प्रदर्शनमा आएका हुन्।

नेपाली फिल्म ‘मुगलान’ आशिष ढकालको निर्देशनमा तयार भएको हो। १३० मिनेट लामो फिल्ममा घरको ऋण तिर्न भारत पुगेका एक नेपाली युवाको संघर्ष देखाइएको छ। फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्रीशिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मि भट्ट, जीवन गौतम र सविन बाँस्तोलाको अभिनय छ ।

हिन्दी फिल्म ‘तू मेरी मैं तेरा’मा कार्तिक आर्यन र अनन्या पाण्डे मुख्य भूमिकामा छन्। १४६ मिनेटको फिल्म प्रेमकथामा आधारित छ, जसमा दुई युवायुवती परिवारको दबाबका कारण छुट्छन् र फेरि भेट्ने आशा राख्छन्।

हलिउड फिल्म ‘एनाकोन्डा’ १०० मिनेटको एक्सन, कमेडी र हरेक कथामा आधारित छ। टम गोर्मिकन, पल रुड, ज्याक ब्ल्याक र स्टिभ जाह्नथान्डीवे न्यूटनको अभिनय रहेको फिल्ममा जंगलमा अप्रत्याशित घटनासँग जुध्ने मित्रहरूको कथा देखाइएको छ।

अन्तिम रिलिज फिल्म ‘द स्पन्जबब मूभी’ एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा आधारित छ। यो फिल्म लोकप्रिय टिभी श्रृंखला ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ मा आधारित छ।

सम्बन्धित पोस्टहरुः