वीरगंज , पुष – ११
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार शर्मालाई आज दिउँसो २ बजे शपथ गराउने तयारी गरिएको छ।
शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताइएको छ। हाल सो मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आएकी छन्।
शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको रूपमा समेत कार्यरत रहिसकेका छन्।















