हिमालयन डिस्टिलरीको चुनावमा सुखाडी यादव विजयी

राधेश्याम पटेल,वीरगंज, ११ पुस –

वीरगंज – २१ लिपनीबिर्तास्थित हिमालयन डिस्टिलरी लिमिटेडको आधिकारीक ट्रेड युनियनको अध्यक्षमा सुखाडी यादव विजयी भएका छन ।

उद्योग परिसरमा आज विहान सम्पन्न अधिकारिक ट्रेड युनियन अध्यक्ष पदको चुनावमा अध्यक्षका अर्का दाबेदार ज्ञानेन्द्र पटेललाई १८ मतले पराजि गर्दै यादव समुह विजयी भएको हो । नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ एकाई कमिटिको अध्यक्ष पदमा यादवले चुनाव लडेका थिए भने पटेलले नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन एकाई कमिटि-जिफन्टबाट अध्यक्ष पदका लागी चुनावमा भाग लिएका थिए ।

कुल १६७ मतदाता रहेको निर्वाचनमा कुल १६६ मत खस्यो भने १ जना अनुपस्थित भए । मतगणनाको नतिजा अनुसार यादवले ९० मत पाए भने उनका प्रतिद्वन्द्वी पटेलले मात्र ७२ मत र ४ मत बदर भएको थियो । यसरी, यादवले १८ मतले पटेललाई पराजित गर्दै आधिकारिक ट्रेड युनियनका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत ओमप्रकाश साहले बताए ।अब यादवले थप १० जनालाई मनोनित गरेर ११ सदस्यीय आधिकारीक ट्रेड युनियन एकाई समिति गठन गर्नेछन ।

अध्यक्षमा निर्वाचित यादवले घण्टाघर टिभीसंग कुराकानी गर्दै भने,’ यो मेरो तेस्रो जित हो,मलाई जिताउने सम्पूर्णलाई धन्यबाद छ, आफ्नो कार्यकालमा सबै मजदुरहरुको हकहितको लागी सबैसंग सहकार्य गरेर अगाडी बढ्नेछु । ‘

निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोमा सबै प्रति कारखानाका महाप्रबन्धक हरि अधिकारले धन्यवाद व्यक गरेका छन ।

सम्बन्धित पोस्टहरुः