वीरगंज ११ पुस । दोस्रो संस्करणको प्याब्सन टी–१० गल्र्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार पाँच खेल सम्पन्न भएका छन् ।
आदर्शनगर रंगशालामा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरू सहभागी थिए ।
पहिलो खेलमा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गर्यो । खेलमा अमन यादव म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्यो। रिया यादव वुम्यान अफ द म्याच बनिन् ।
तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गर्यो । खेलका म्यान अफ द म्याच नितेश पटेल भए।
चौथो खेलमा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्दै जीत निकालेको हो । अनु यादव म्यान अफ द म्याच बनिन।
अन्तिम खेलमा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गर्यो। पृथ्वी पटेल खेलका म्यान अफ द म्याच घोषित भए ।















