वीरगंज, ११ पुस । जनता समाजवादी पार्टी नेपालले प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने जनाएको छ ।
घन्टाघरमा १५ पुस गते विरोध सभा हुने पर्सा जिल्ला कमिटीले जनाएको छ।
जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीको केन्द्रीय सर्कुलर बमोजिम यो विरोध कार्यक्रम तय गरिएको बताए । सभामा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहित शीर्षस्थ नेताहरूको सहभागीता रहने पक्का गरिएको छ।
विरोध सभामा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणलाई सहभागी हुन उनले आग्रह गरेका छन् ।















