नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री पदमा रहेका थिए। आन्दोलन चर्किएपछि भदौ २४ गते उनले बालुवाटारबाटै राजीनामा दिएर पद छाडेका थिए। त्यस दिन उनी नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए।
राजीनामापछि लामो समय बालुवाटार नपुगेका ओली आज पहिलोपटक त्यहाँ पुगेका हुन्। ओलीको बालुवाटार आगमनलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरिरहेको छ।















