बारामा ६४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

वीरगंज , पूष -१२

बाराको सिम्रौनगढ नगरपालिका–३, बडपुरवाको गंगानगरबाट प्रहरीले ६४ किलो ४५० ग्राम गाँजा बरामद गरी एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ–३ नयका टोलका ४० वर्षीय राजकिशोर हजरा र भारतको बिहार राज्य, मोतिहारी जिल्ला, अगरवा गाउँका ५० वर्षीय सुरेश कुमार रहेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्जखजानीका प्रहरी सहायक निरीक्षक विश्वराज प्रसाद कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई गंगानगरबाट नयकाटोलतर्फ जाँदै गर्दा जुटको बोरामा गाँजा लिएर गएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः