वीरगंज १२ पुस । प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पाँच खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा बिकोन माविले नवदिप एकेडेमी स्कुललाई ७ विकेटले पराजित ग¥यो । उक्त खेलमा सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भइन। दोस्रो खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्दै अर्चना ठाकुर म्यान अफ द म्याच बनिन् ।
चौथो खेलमा ओम नेशनल एकेडेमी स्कुलले चिल्ड्रेन वल्र्ड सेकेन्डरी स्कुललाई ९ विकेटले हराउँदै प्रज्ञा क्षेत्री म्यान अफ द म्याच घोषित भइन। जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ज्ञान बाटिका सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित ग¥यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच बने। अन्तिम खेलमा मनकामना सेकेन्डरी स्कुलले सूर्याेदय एकेडेमी स्कुललाई ८ रनले पराजित गर्दै ओसिम आलम म्यान अफ द म्याच घोषित भएको प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकले जानकारी दिएका छन् ।














