वीरगंज , पुष – १३
गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचार सहयोग उपलब्ध गराउने उद्देश्यले बीरगन्जका मनिष दासले चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोषका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन ।
वरिष्ठ शिक्षाविद स्वर्गीय प्रा.डा. कुलानन्द लाल दासको चिरस्मृतिमा दाता परिवारले उक्त रकम उपलब्ध गराएको हो । बुधबार मनिष दास र हेमा कुमारी दासले समितिका अध्यक्ष महेश दास र कोषाध्यक्ष डा. आलोक चन्द्र दत्तलाई चेक हस्तान्तरण गरे ।
समितिका अनुसार अक्षयकोषबाट विपन्न जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति तथा आवश्यक परेमा गम्भीर बिरामीलाई उपचार सहयोग प्रदान गरिनेछ ।















