हमासलाई ७० लाख युरो सहयोग गरेको आरोपमा इटालीमा ९ जना पक्राउ

वीरगंज , पुष – १३

प्यालेस्टिनी विद्रोही समूह हमासका लागि झन्डै ७० लाख युरो (करिब १ अर्ब १८ करोड रुपैयाँ) जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। उनीहरूले परोपकारी संस्थामार्फत मानवीय सहायताका नाममा रकम संकलन गरी हमासलाई पठाएको आरोप छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा ८० लाख युरोभन्दा बढीको सम्पत्ति पनि जफत गरिएको छ। संकलित रकममध्ये ७१ प्रतिशतभन्दा बढी हमासको सैन्य शाखा तथा आत्मघाती आक्रमणकारी र हिरासतमा रहेका व्यक्तिका परिवारलाई पठाइएको बताइएको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको हमास आक्रमणपछि अनुसन्धान सुरु भएको थियो। पक्राउ पर्नेहरूमध्ये इटालीस्थित प्यालेस्टिनी सङ्घका अध्यक्ष मोहम्मद हन्नौन पनि रहेको इटालीका गृहमन्त्रीले जनाएका छन् ।

सम्बन्धित पोस्टहरुः