वीरगंज, १३ पुस । रौतहट जिल्लाको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि सोको विरोधमा रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतवारदेखि धर्ना कार्यक्रम शुरु गरिएको छ ।
धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।
करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरूले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत राख्न माग गरेका छन् ।
करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय र खर्च दुवै बढ्ने धर्नाकारीहरुले बताएका छन् । सरकारको यो निर्णयले मर्कामा परेको भन्दै तत्काल फिर्ता लिन उनले आग्रह समेत गरे।
गौरबाट कार्यालय हटाउँदा करदाताहरूले सेवाका लागि अन्य जिल्ला धाउनुपर्ने र आर्थिक भार बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।














