वीरगंज , पुष – १४
मधेशका दुई प्रमुख राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
हिजो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रअनुसार दुवै पार्टीका पदाधिकारीहरूको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्ने निर्णय गरेको उल्लेख छ ।
साथै संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता अग्रगामी परिवर्तनका मुद्दा सुदृढ गर्दै न्यायपूर्ण समाज निर्माणका लागि पार्टी एकीकरण आवश्यक ठहर गरिएको जनाइएको छ ।















