वीरगंज , पुष – १४
वीरगंजका बासिन्दाले वर्षौँदेखिको खानेपानीको समस्या चाँडै अन्त्य हुने भएको छ । नेपालका पूर्व खानेपानी मन्त्री तथा पूर्व सांसद प्रदीप यादवको निरन्तर पहलको फलस्वरूप वीरगञ्ज खानेपानी वितरण प्रणाली निर्माणका लागि महानगरपालिकाले ठेक्का आह्वान गरेको छ ।
परियोजना पूरा भएपछि वीरगंजका लाखौँ बासिन्दालाई २४ घण्टे सुरक्षित र शुद्ध खानेपानी उपलब्ध हुने छ। योजना अन्तर्गत वडा नम्बर १–१४, १६ र २४ का क्षेत्रहरूमा पाँच आधुनिक ओभरहेड ट्याङ्की निर्माण गरिनेछ। यी ट्याङ्कीहरूको क्षमता ३–८ लाख लिटरसम्म रहनेछ भने सहरभरि ३२२ किलोमिटर लामो उच्च गुणस्तरको पाइपलाइन विस्तार गरिनेछ।
नयाँ प्रणालीले नियमित पाइपलाइन निरीक्षण र मर्मतसम्भारको सुविधा पनि प्रदान गर्नेछ, जसले पुराना लिकेज र पाइप फुट्ने समस्याहरू समाप्त हुनेछन्।
स्थानीय बासिन्दा, राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरूले पूर्व मन्त्री यादवको योगदानको प्रशंसा गर्दै उनलाई “वीरगंजको खानेपानीको मसिहा” को संज्ञा दिएका छन् । परियोजना पूरा भएपछि स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा पनि उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।














