नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक आज नवयुवा आन्दोलनका क्रममा भदौ २३–२४ मा भएका घटनाको छानबिन गर्न गठित आयोगमा बयान दिन उपस्थित भएका छन ।
गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले आन्दोलनका बेला भएको प्रहरीको बल प्रयोग, मानवअधिकार उल्लंघन र क्षतिको विस्तृत छानबिन गरिरहेको छ । लेखक आन्दोलनका दिन गृहमन्त्री थिए र शान्ति सुरक्षाको जिम्मेवारी उनिमाथि रहेको थियो।
आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी तथा कर्मचारीको बयान लिइसकेको छ । लेखकलाई बयानका लागि हिजो बोलाइएको थियो, तर विशेष कारणले उपस्थित हुन नसकेपछि आज दिउँसो उनि आयोगमा पुगेका हुन् ।














