नाफिजको दुईदिने खोज पत्रकारिता तालिम सम्पन्न

वीरगंज , पुष – १४

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुईदिने खोज पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ। आइतबार सुरु भएको तालिममा नाफिजका १६ जना सदस्य सहभागी थिए।

चार सेसनमा सञ्चालन गरिएको तालिममा नाफिजका निर्वतमान अध्यक्ष मोदनाथ ढकालसहित प्रशिक्षक रुद्र पंगेनी र श्रीधर खनालले खोज पत्रकारिताका विविध पक्षमा प्रशिक्षण दिए। पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषय, तथ्यांक तथा प्रमाण संकलनको विधि र डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगबारे जानकारी गराए। खनालले वर्तमान परिवेशमा खोज पत्रकारिता र तथ्यांकको प्रयोगको महत्त्व उल्लेख गर्दै पत्रकारहरू प्रविधिसँग अभ्यस्त हुनुपर्ने बताए।

ढकालले तथ्यांकमा आधारित समाचारले विश्वसनीयता र प्रभाव बढाउने उल्लेख गर्दै नजानेका विषय सिक्न हिचकिचाउन नहुनेमा जोड दिए। तालिमपछि सहभागीहरूले नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिँदै सिकेका सीप आफ्ना संस्थामा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

नाफिज अध्यक्ष मेनुका कर्कीले यस्ता तालिमले सदस्यहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताइन्। सदस्यहरूको सुझावका आधारमा आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

सम्बन्धित पोस्टहरुः