एनआई कपको उपाधी आयोजकको पोल्टामा

वीरगंज , पुस – १४

वीरगंजमा जारि एनआई कप पाँचौ संस्करणको उपाधि आयोजक कलेज एन आईले जितेको छ ।

वीरगंजको टिबी शाह (नारायणी) क्रिकेट ग्राउण्डमा सोमबार सम्पन्न फाईनल खेलमा ज्ञानदा एकेडेमी वीरगंजलाई ५ विकेटले पराजित गर्दै एनआई कलेजले ट्रफी उचालेको हो ।

पहिले व्याटिंग गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३७ रन बनाएको थियो भने एनआई काजेलले १९ दशमलव २ ओभर खेल्दै ५ विकेटको क्षतिमा १४० बनाएर प्रतियोहिताको उपाधि हात पार्न सफल भयो ।

फाईनल खेलमा एनआई कलेजका परिमार्जन यादव उत्कृष्ट खेलाडी घोषित भए भने एनआई कलेजकै निरज पटेल प्रतियोगिताको उत्कृष्ट बलर घोषित भए ।

यसैगरी,ग्लोबल विजनेश कलेजका रविन्द्र सिंह प्रतियोगिताको उत्कृष्ट ब्याटर र उद्यामान खेलाडीका रुपमा ज्ञानदा एकेडेमीका विवेक प्रजापति घोषित भए । प्रतियोगिताको निर्देशक सुधिर पटेलको अध्यक्षता र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण सम्हारोमा एनआई कलेजकी सहसंस्थापक काजल सिंहले संयुक रुपमा विजेता समुहलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी,उपविजेता समुहलाई एनएमसी वीरगंजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी , मानव सेवा आश्रम मधशका संयोजक देवेश गुप्ताले संयुक्त रुपमा ट्रफी , मेडल र प्रमाणपत्र पदान गरे। कार्यक्रमको सहजीकरण पत्रकार प्रदीप गौतमले गरेका थिए । सो अवसरमा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थती थियो ।

सम्बन्धित पोस्टहरुः