सरकारी कर्मचारी कोलेनिकाबाट यसरी ठगिन्छन् 

वीरगंज, १५ पुस ।  सरकार र सरकारी कार्यलयको सुशासन कायम गर्न  सरकार कै आय/व्यय अडिट गर्ने देशभरका ५१४ जना महालेखा परिक्षकहरूले प्रहरीदेखि निजामती, सेनासम्मबाट कमिसन घुस र रक्सीका बोतलसम्म उपहार घुस  लिदै हिसाब दुरूस्त बनाउने गरेको समाचार प्राप्त भएको छ ।
नेपाली सेनाका ब्यारेक पृतनाहरू सशस्त्रका ब्यारेक र पृतनाहरूको अडिट गर्न कोलेनिका तथा महालेखाले २५००० हजारका दरले उठाउने गरेको समाचार स्रोतको दावी छ ।
निजामती अन्य कार्यालयहरूको कोलेनिका तथा महालेखाले २५ देखि ४० हजार घुस उठाउने गरेको बताइन्छ ।
स्थानीय तहहरूको महानगर, उपमहानगर, नगर, गाउँँपालिका हेरेर पाँच लाखदेखि १ करोडसम्म उठाउँदो रहेछन् ।
नेपाल प्रहरी ट्राफिक प्रहरी लगायत अन्य निकायहरूको कोलोनिका र महालेखाले मासिक २५ देखि १ लाखसम्म र यसका अतिरिक्त रक्सी खसी या अन्य उपहारहरू बक्सिस माग्ने गरेको समाचार स्रोतको दावी छ ।
बेरूजु नदेखाउन, बिल पास गर्न, फर्छयोट गर्न साह्रै गाह्रो हुने भएपछि सेटिङमा आउन भन्छन्, कतिले त छ महिनासम्म दुःख दिन्छन् । जब घुस पाउँछन् तब छ मिनेटमा काम सकिदिन्छन् भन्दै गुनासो गर्ने सरकारी कर्मचारीको संख्या धेरै छ।
“महालेखाले घुसबिना काम नै गर्दैन” एकजना सरकारी कर्मचारीले भने ।  महालेखा का घुसकाण्डको चिरफार विस्तृत विवरण केही दिनमा उपलब्ध गराउने कर्मचारीले दावी पनि गरेको छ ।
सम्बन्धित पोस्टहरुः