शीतलहरका कारण वीरगंजका विद्यालयमा थप बिदा

वीरगंज , पुस – १५

लगातार बढ्दो शीतलहर र घना कुहिरोका कारण वीरगंज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ। यसअघि पुस ७ देखि १४ गतेसम्म पठनपाठन स्थगित गरिएको थियो।

महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा पुस १६, १७ र १८ गते सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार पुस १९ गते शनिबार परेकाले विद्यालय पुस २० गते आइतबारबाट नियमित सञ्चालन हुनेछन्।

चिसो र कुहिरोले विद्यार्थीको स्वास्थ्यमा जोखिम बढाएपछि सावधानीस्वरूप बिदा दिइएको हो। बिदा वर्षे बिदाबाट कट्टा गरी लागू गरिएको छ।

सम्बन्धित पोस्टहरुः