गिरीको सांकेतिक स्टाटस: फिल्ममा निर्वाचन लड्ने उम्मेदवारको भूमिका

वीरगंज , पुष – १६

फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा राखेको सांकेतिक स्टाटसले उनको आगामी फिल्मको कथावस्तु र चरित्रबारे संकेत दिएको छ। मंगलबार बेलुका फेसबुकमा उनले लेखेका छन्, ‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ।’

गिरीले पछिल्लो समय धेरैले आफूलाई विभिन्न दलसँग जोडेर बुझ्ने गरेको उल्लेख गर्दै आगामी फिल्ममा अन्यायविरुद्ध निर्वाचनमा होमिएको उम्मेदवारको भूमिकामा अभिनय गर्न लागेको स्पष्ट पारेका छन्। फागुनदेखि छायांकन सुरु हुने उक्त फिल्मलाई संकेत गर्दै उनले यो भूमिका कथाको मागअनुसार भएको बताएका छन्।

तत्काल सक्रिय राजनीतिमा नजाने स्पष्ट पार्दै गिरीले आफू फिल्ममै निरन्तर रहने बताएका छन्। साथै, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा परिवर्तनकारी पक्षलाई समर्थन गर्ने संकेतसमेत उनले दिएका छन्।

यसैबीच, दीपकराज गिरीको चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला बनाउने तयारी पनि अघि बढेको बताइएको छ।

सम्बन्धित पोस्टहरुः