वीरगंज , पुस – १६
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा नेताका परिवारका सदस्यहरू राखेको छ। मंगलबार बुझाइएको सूचीमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्मका उम्मेदवार छन्।
सूचीमा महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीको नाम ५३ नम्बरमा राखिएको छ। केसी स्वयं कार्यसम्पादन समिति सदस्य हुन्। सूचीमा राखिएकोमा आलोचना भएपनि थापाले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भने, “यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र प्रयास विपरीतको निर्णय भएको हो।”
यस घटनाले कांग्रेसभित्रको पारिवारिक प्रभाव र समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा प्रश्न उठाएको छ।












