पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

वीरगंज , पुष – १६

घुस लिएर भ्रष्टाचार गरेको आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।

बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामै राख्ने निर्णय गरेको हो। विशेष अदालतले आफ्नो वेबसाइटमार्फत आदेश जारी भएको जानकारी दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो। आदेशको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

सम्बन्धित पोस्टहरुः