राधेश्याम पटेल, परवानीपुर,१७पुस-
वीरगंज -२१ परवानीपुरमा आज राती भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगंज – २१ पटेलनगरका सुब्बा राउत कुर्मीका छोरा अन्दाजी वर्ष २६ का कमलेश पटेल रहेका छन ।
पटेल मधेशप्रदेश-००३-००१ ख ७४३८ नम्बरको ट्रकका चालक हुन । आज राती ९ बजेर ३५ मिनेटको समयमा परवानीपुरको दुर्गा मन्दिर अगाडि पश्चिमपट्टिको लेनमा पथलैयर्फ जानको लागि रोकि राखेको अवस्थामा ट्रकमा चढ्दै गर्दा वीरगंजबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४५१ नम्बरको स्वस्तिक रात्रि बसले पटेललाई ठक्कर दिएको परिवारजनले जनाएका छन ।
पटेललाई ठक्कर दिएर जीतपुरतर्फ भागेको ट्रकलाई प्रहरी चौकी परवानीपुरले बाराको छातापिपराबाट नियन्त्रणमा लिईएको परवानिपुर चौकीका प्रहरी वरिष्ठ नायव निरिक्ष डिक्करदेव पन्तले जानकारी गराए ।
बसका चलक र सहचालकलाई समेत पक्राउ गरिएको तर अहिले उनीहरुको परिचय नखुलेको समेत उनले बताए ।
मृतक पटेलको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल लगिएको पर्सा प्रहरीले जनाएको छ ।









