वीरगंज , पुष – १७
नेपाली कांग्रेसले लामो समयदेखि पत्रकारितामा सक्रिय नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधिसभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ ।
डेढ दशकभन्दा बढी समय पत्रकारितामार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन र सामाजिक न्यायका मुद्दा उठाउँदै आएकी दासको योगदानलाई कदर गर्दै कांग्रेसले उनलाई संघीय समानुपातिक सूचीमा समेटेको हो ।
दास ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल मधेस प्रदेशकी पूर्व कोषाध्यक्ष तथा हाल केन्द्रीय सदस्यसमेत हुन्। उनी विगत १३ वर्षदेखि बारा जिल्लामा रेडियो विश्वास एफएम सञ्चालन गर्दै आएकी छन् र हाल सो रेडियोकी अध्यक्ष हुन् ।
कांग्रेसको यो निर्णयलाई महिला, युवा र मधेसी समुदायको प्रतिनिधित्व मजबुत बनाउने कदमका रूपमा हेरिएको छ ।















