कार्यालय सहयोगीको निधनमा वीरगंज महानगरपालिकामा शोक बिदा

वीरगंज , पुस – १८

वीरगंज महानगरपालिकाले आज शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिने निर्णय गरिएको हो।

थापा पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो। उहाँ २०५२ साल माघ १२ गते वीरगंज महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर सेवा गर्दै आउनु भएको थियो।

दिवंगत थापाको निधनले महानगरपालिका परिवार तथा कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। महानगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

शोकको अवसरमा शुक्रबार बिहान ११ बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। सभामा महानगर प्रमुख, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहनेछन्।

सम्बन्धित पोस्टहरुः