रुख काट्ने ठेकेदारको लापरबाहीले आफु घाईते भएको बफिया देवीको भनाई

वीरगंज , पर्सा – २०

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर – ८ बस्ने अन्दाजी ६० बर्षीय बफिया देवी रुख काट्ने ठेक्केदारका कारण आफु घाईते भएको बताएकी छन ।

पत्रकार सम्मेलन गर्दै उनका छोरा राजकिशोर पासवानले गत पूस १५ गते ठेक्केदार श्याम नारायण पटेलले सुरक्षा सावधानी नअपनाई रुख काट्दै गर्दा रुख खसेर आमाको शरिमा लागे पछी घाईते भएकी बताए ।

उनले आफ्ना आमाको उपचारमा ठेकेदार कुनै किसिमको सहयोग समेत नगरेको दुखेसो पोखेका छन । उनका अनुसार उपचारमा ढिलाई हुदा उनका आमा बफिया देवी जीवन-मृत्यु संग लडिरहेकी छन् ।

उनले घटनाको आवश्यक छानविन गरी दोषी उपर कारवाहीको माग गरेका छन ।

सम्बन्धित पोस्टहरुः