चीनमा भएको तेक्वान्दोमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

वीरगंज , पुस – २०

चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता र १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनशिपमा नेपाली खेलाडीले शानदार प्रदर्शन गरेका छन्। प्रतियोगितामा नेपाली टोलीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी कुल २६ पदक जितेको छ। पदकहरू गेरोगी, पुम्से र स्पीड किक विधामा आएका हुन्।

स्वर्ण पदक विजेताहरूमा जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्ट रहेका छन्। रजत पदक जित्ने खेलाडीहरूमा आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसाल रहेका छन्।

कांस्य पदक विजेताहरूमा एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पा रहेका छन्।

प्रतियोगितामा लिटिल बड स्कूल, गोङ्गबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कूलका खेलाडीले सहभागिता जनाएका थिए। टोलीको प्रशिक्षण सरोज तामाङ र विकेश बिडारीले सम्हालेका थिए।

सम्बन्धित पोस्टहरुः