वीरगंज , २० पुस –
वीरगंज -२१ परवानीपुरमा सञ्चालित समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ७ औँ वार्षिक साधारणसभामा सभा सम्पन्न भएको छ।
शनिबार दिउँसो संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन वीरताका वडा अध्यक्ष राधाकृष्ण रौनियारले गरेका थिए। संस्थाका अध्यक्ष श्रवणकुमार पटेलको अध्यक्षतामा सम्पन्न सभामा सहकारी प्रबन्धक श्रीभगवान साहले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।
३२० जना कुल शेयर सदस्य रहेको संस्थाको प्रतिवेदन अनुसार कुल बचत रु. ४६ लाख १४ हजार १२६ रुपैयाँ ८५ पैसा रहेको छ भने कुल ऋण लगानी ५८ लाख ३३ हजार १२६ रुपैयाँ ५८ पैसा छ । यसैगरी संस्थाको कुल लगानी रु. ९८ लाख ८४ हजार ९६० रुपैयाँ रहेको पनि उनले बताए ।
सधारण सभामा संस्थाका सचिव विनोदकुमार श्रीवास्तव,शिवकुमार कुशवाहा, रामबाबु महतो कोइरी , सन्तोष साह सोनल, संजितसाह रौनियार र दिपलाल पटेलको उपस्थिति रहेको थियो।













