वीरगंज , २३ पुस –
नेपाल राष्ट्रिय अभिभावक संघले २४औं स्थापना दिवस “देशभरका अभिभावक गुणस्तरीय शिक्षा आम अभिभावकहरूको अपेक्षा” भन्ने मूल नारासहित वीरगंजमा सम्पन्न भएको छ ।
बिरगंज–४ बिर्ता बजारस्थित धर्मशालाको सभाहलमा आयोजना स्थापना दिवस समारोहमा बोल्ने क्रममा वक्ताहरुले सबै अभिभावकहरू एकजुट भएर आफ्ना सन्तानको शिक्षा प्रति गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले गुणस्तरीय शिक्षाले परिवार, समाज, शहर र देशको समृद्धिमा सकारात्मक प्रभाव पार्ने बताए ।
राष्ट्रिय अभिभावक संघ वीरगंज महानगर समितका अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षता र समाजसेवी प्रकाश उपाध्याय विश्वनाथ चौरियाको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस समारोहमा राष्ट्रिय अभिभावक संघ बाराका अध्यक्ष शम्भु पण्डित , दलित अगुवा अशोक राउत , लगायतको सहभागीता रहेको थियो ।















