वीरगंज , २३ पुस
वीरगंजस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । यसै अवसरमा कलेजभित्र नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटन पनि गरिएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा पुर्या एको योगदानको प्रशंसा गरेका थिए । चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाबीचको सहकार्य र स्वास्थ्य सेवा सुधारका विषयमा समेत उनीहरुले विचार व्यक्त गरेका थिए ।
सो अवसरमा प्रा.डा. मोहन राज शर्मा र प्रा.डा. सुरेश उप्रेतीलाई सम्मान समेत गरिएको छ । उनीहरुलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।
कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीको अध्यक्षता र महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुख प्रा.डा. सुरेश उप्रेतीको आथित्यतमा आयोजित कार्यक्रममा व्यवस्थापकीय निर्देशक, अस्पताल निर्देशक, एकेडेमिक निर्देशक, उपप्राचार्य, विभागीय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो।















