वीरगंज , २४ पुस
बढ्दो चिसो मौसमका कारण सर्वसाधारण नागरिक, बिरामी तथा कुरुवाहरूलाई राहत पुर्यािउने उद्देश्यले लायन्स क्लबले काठ वितरण तथा आगो बाल्ने अभियान सञ्चालन गरिरहेको छ ।
यसैक्रममा लायन्स क्लबको पहलमा वीरगंजको घण्टाघर क्षेत्र र नारायणी अस्पताल परिसरमा काठ हस्तान्तरण गरिएको छ । वितरण गरिएको काठको प्रयोग गरी विभिन्न स्थानमा आगो बालेर चिसोबाट जोगिन सहयोग पुर्या इएको क्लबले जनाएको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीका अनुसार क्लब मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएको छ र कठिन परिस्थितिमा समुदायसँगै उभिने प्रतिबद्धता अनुसार यो अभियान अघि बढाइएको हो।
क्लबले आगामी दिनहरूमा पनि यस्ता राहत तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ ।















