बारा, २४ पुस । देवताल गाउँँपालिका वडा नं १ स्थित फुलवरिया पाल स्टेडियममा आयोजना गरिएको क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा बादल इलेभेन दक्षिण झिटकैया र पिप्राढी इलेभेन क्रिकेट क्लबबीच भिडन्त भएको थियो ।
टस जितेर बादल इलेभेनले फिल्डिङ गर्ने निर्णय गरेपछि पिप्राढी इलेभेनले ब्याटिङ गर्दै निर्धारित ओभरमा १३७ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो । लक्ष्य पछ्याएको बादल इलेभेन भने ९३ रनमै अलआउट हुँदै पारी समाप्त गर्न बाध्य भयो। यससँगै पिप्राढी इलेभेन क्रिकेट क्लबले फाइनल जित्दै उपाधि हात पारेको छ । अतिश कुमार यादवको कप्तानीमा टोलीले एक दशकको प्रतीक्षा तोड्दै अन्ततः उपाधि जित्न सफल भएको थियो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अतुल सिंह ‘म्यान अफ द म्याच’ घोषित भए भने, सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका अनुभवी खेलाडी सन्दीप मिश्राले ‘म्यान अफ द सिरिज’ को ट्रफी हात पारे।
खेलको अम्पायरिङ शिक्षक तथा अनुभवी खेलाडी सुधीर सिंह र अभिषेक सिंहले गरेका थिए।
ट्रफी वितरण समारोहमा देवताल गाउँँपालिका वडा नं १ का वडा अध्यक्ष अरूण सिंह, वडा नं ४ का वडा अध्यक्ष ललन यादव, युवा नेता कौशल किशोर सिंह, नवलकिशोर यादव, साथै बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी र हजारौँ खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।















