पोखरिया अस्पताल केन्द्र सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण

राधेश्याम पटेल, वीरगंज,२६ पुस – 

पर्सा जिल्लाको ऐतिहासिक पोखरिया अस्पताल आज एक विशेष समारोहका बीच केन्द्र सरकारबाट प्रदेश सरकार (मधेश प्रदेश) अन्तर्गत औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री जङ्गीलाल राय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल,वनमन्त्री शंकर चौधरी, नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका नेता सुरेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री यादवले आफ्नो सम्बोधनमा प्रदेश सरकारलाई जिम्मेवारीसहितको स्वास्थ्य पूर्वाधार हस्तान्तरण हुनु सकारात्मक भएको उल्लेख गर्दै अबको लक्ष्य सेवा र गुणस्तरमा सुधार ल्याउने बताए । स्वास्थ्य मन्त्री रायले पोखरिया अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा पोखरिया अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारका योजनाहरू सार्वजनिक गरिएका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी, स्वास्थ्यकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः