रक्सौल , २६ पुस –
भारतको रक्सौलमा शनिबार बिहान आयकर विभागको टोलीले प्रमुख व्यवसायी मोहम्मद कलीमसँग सम्बन्धित विभिन्न व्यावसायिक प्रतिष्ठान तथा पैतृक आवासमा एकैसाथ छापेमारी गरेको छ। भारत सरकारअन्तर्गत आयकर विभागका अधिकारीहरू करिब दुई दर्जनभन्दा बढी सवारीसाधनसहित पुगेका थिए।
आदापुर प्रखण्डअन्तर्गत विष्णुपुरवास्थित पैतृक घर, रक्सौल मुख्य सडकको पंकज चोक नजिकको प्रतिष्ठान, तनिष्क ज्वेलरी शोरूम तथा लक्ष्मीपुरस्थित हिरो होन्डा शोरूममा छापा मारिएको हो। ती स्थानहरूलाई सुरक्षाकर्मीको घेरामा राखी कागजात, बहीखाता जाँच तथा कर्मचारी र व्यवसायीसँग सोधपुछ गरिएको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार मोहम्मद कलीमसँग सम्बन्धित व्यक्तिहरू र केही स्वास्थ्य प्रतिष्ठानमा समेत आयकर विभागको निगरानी रहेको छ। अचानक भएको कारबाहीले रक्सौल शहरमा चर्चा र कौतुहलता बढाएको छ।
आयकर विभागले हालसम्म छापेमारीको कारण र नतिजाबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। छापेमारी प्रक्रिया अझै जारी रहेको र आवश्यक अनुसन्धानपछि थप जानकारी आउने जनाइएको














