वीरगंज, २६ पुस । सशस्त्र प्रहरी वल नेपाल पर्साले २५औ सशस्त्र प्रहरी दिवश २०८२ को अवसरमा निश्शुल्क आँखा शिविर सम्पन्न गरेको छ।
शुक्रवार जिल्ला पर्सा छिपहरमाई गा.पा–२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत आँखा शिविर सम्पन्न गरेको हो ।
सीमावासीहरूलाई सहयोग पुर्याउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, वीरगंज सामुदायिक आँखा हस्पिटल र लक्ष्मी सनराईज बैंक वीरगंज संगको सहकार्यमा स.प्र.वल नेपाल नं.१३ गण हे.क्वा. पर्साको आयोजनामा शिविर आयोजना गरिएको हो ।
गणपति सप्रउ पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरीका गुल्मपति सप्रनाउ लोकनाथ उप्रेती, छिपहरमाई गा.पा. वडा नं. १ का वडा अध्यक्ष कामेश्वर प्रसाद यादव, वडा नं. २ का वडा अध्यक्ष महेन्द्र साह कलवार लगायतको सहभागिता थियो।
निश्शुल्क आँखा शिविरमा महिला ९१, पुरूष ८१ गरी १७२ जना स्थानीयहरू लाभान्वित भएको सूचना अधिकारी स.प्र.ना.उ. मोहनराज निरौलाले जनाएका छन् ।















