गढीमाई प्रिमियर लिग शुरुः जेनजी नेपाल क्लब विजयी

वीरगंज, २६ पुस । वीरगंज महानगरपालिका–२० हरपतगंजको अपौनीको खेल मैदानमा आजदेखि दोस्रो संस्करणको गढीमाई प्रिमियर लिग टी–२० प्रतियोगिता शुरु भएको छ ।

सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले प्रतियोगिताको उदघाटन गर्दै पर्सामा खेलकूद रखेलाडीहरुको लागि म आफू सदैव तयार भएको बताए ।उनले खेलाडीको विकास र प्रवद्र्धनमा सहयोग गर्ने बताए । खेलकूदले नै देशको नाम रोशन गर्ने भएकोले यसबाट खेलाडीहरु पनि अनुशासित हुने बताए ।

चेक नेपालका अध्यक्ष्F दामोदरयादवको अध्यक्ष्Fतामा भएको कार्यक्रममा रामकिशोर सिंह, सुरेन्द्र प्रसाद यादव, शिवनारायण यादव, साजन राय, शिव बालक यादव लगायतको सहभागिता थियो। कार्यक्रम सञ्चालन अमरेश यादवले गरेका थिए ।

प्रतियोगिताको उदघाटन खेल ताम्राश्री नेपाल र जेनजी नेपालबीच भएकोमा जेनजी नेपाल ८ विकेटले विजयी भएको छ।

ताम्राश्री नेपालको ब्याटसम्यान रोबिनले १२ बल मा १३ रन, वाल्मीकिले ३३ बलमा ४४ रन, अनोजले २४ बलमा ३३ रन लिएका थिए ।

जेन–जीका तर्फबाट रामसुरतले ४ ओभरमा १० रन दिएर भने ३ विकेट लिए भने एजाजले ४ ओभरमा ५३ रन दिएर २ विकेट लिएका थिए ।

प्रतियोगिताको मैन अफ दि म्याच अन्जन यादवलाई कार्यक्रमका अतिथि डा. रुपेन्द्र मिश्राले सम्मानित गरेका थिए ।

 

 

सम्बन्धित पोस्टहरुः