वीरगंज । नेपाली कांग्रेस पर्साले मधेस प्रदेशका मुखमन्त्री कृष्ण प्रसाद यादव तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री श्याम पटेललाई स्वागत तथा सम्मान गरेको छ ।
नेका पर्साका सभापति तथा पूर्व मन्त्री प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश रिजाल, विशिष्ट केन्द्रीय सदस्य पूर्व मन्त्री अजय कुमार चौरसिया, मधेस प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठ, नेताहरु रामनारायण कुर्मी, अशोक गुप्ता, इम्तियाज आलम, दिनेश चौधरी, रमेश पाण्डे, प्रेम थापालगायतको उपस्थिति रहेको नेका जिल्ला सदस्य प्रचार प्रसार प्रमुख धर्मेन्द्र कुमार पटेलले जानकारी गराएका छन् ।















