वीरगंज, २७ पुस ।
गढीमाई प्रिमियर लिग टी–२० प्रतियोगिता अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका–२० हरपतगंजको अपौनीको खेल मैदानमा आइतवार भएको दोस्रो संस्करण अन्तर्गतको पहिलो खेल अठराहा स्ट्राइकर र अल्फा एभेन्जेरबीच भएको थियो । अल्फालाई अठराहाले वाक ओभरमा जितेको थियो । अल्फा समयमा पिचमा नपुगेकोले अम्पायरले आठराहालाई विजयी घोषित गरेका थिए ।
त्यस्तै,दोस्रो खेल गढीमाई वारियर र टेढा टाइगरबीच भएको थियो । टस हारेर ब्याटिङ गरेको गढीमाईले निर्धारित १६ ओभरको खेलमा ८ ओभरमै सबै विकेट गुमाउदै १६६ रन बनायो ।१६७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको टेढाले १६ ओभरमा ९ विकेटको क्षतिमा मात्र १५८ रनमा समेटियो । गढीमाईले ८ रनले उक्त खेल जित्यो । प्रतियोगिताको म्यान अफ दि म्याच गढीमाईका रोशन यादव भएका थिए ।
सोमबार पहिलो खेलमा हरपतगंज युथ क्लब र सखुवाप्रसौनी क्लब बीच र दोस्रो खेल जेनजी नेपाल र सानो पाइला टिम बीच हुने आयोजकले जनाएको छ।









