सशस्त्र प्रहरी बल पर्साद्वारा सञ्चालन गरिएको सातदिने केश कर्तक तालिम सम्पन्न

वीरगंज , २८ पुस –

सशस्त्र प्रहरी बल पर्साले सञ्चालन गरेको सातदिने केश कर्तक तालिम सम्पन्न भएको छ।

पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरी पर्सामा “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको ७ कार्यदिने केश कर्तक तालिमको अन्तिम प्रवचन कार्यक्रमका बीच समापन गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका जवान तथा गुल्ममा कार्यरत जुनियर अधिकृत र विल्लादार जवानसहित करिब ४५–५० जनाको सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ४ र ५ का वडा अध्यक्ष तथा सदस्यहरू, बीओपी मिर्जापुर र बीओपी पकाहाँमैनपुरका बीओपीपति, प्रहरी चौकी खेस्राहाका चौकी प्रमुख, सञ्चारकर्मी, सीमा सहजीकरण समिति लहावरथकरी–४ का सदस्यहरू, सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षक तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरुः