गनगन र बिश्वको विशेष महाधिवेशन अवैध छ : कार्यवाहक सभापति खड्का

वीरगंज , २८ पुस

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने तयारी गरेका छन्।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले विशेष महाधिवेशनको आह्वानलाई अवैधानिक ठहर गर्दै खड्कालाई पार्टी एकताको पक्षमा स्पष्ट सन्देश दिन निर्देशन दिएको हो।

बैठकमा महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन वैधानिक नभएको निष्कर्ष निकालिएको संस्थापन पक्षले जनाएको छ। सोही निर्णयअनुसार कार्यवाहक सभापति खड्काले केहीबेरमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन औपचारिक आह्वान गर्ने तयारी गरेका छन्।

यसैबीच, सभापति शेरबहादुर देउवाले आजै आफूनिकट केन्द्रीय सदस्यहरूसँग थप राजनीतिक छलफल गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरुः