तीनजना फरार प्रतिवादी बारा प्रहरीद्वारा पक्राउ

बारा, २९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले बारा जिल्ला अदालतहरूबाट दण्ड सजाय तोकिएपछि फरार रहेका विभिन्न मुद्दाका तीनजना प्रतिवादीहरुलाई पुस २८ गते पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
बैंकिङ कसूरमा सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ०२ घर भई हाल ललितपुर ईमाडोल बस्ने श्री तामाङ,  लागूऔषध कसूरमा जीतपुर सिमरा उ.म.न.पा. १६ बस्ने उमेश भोलन र  लेनदेन बिगा कसूरमा फरार रहेका बारागढी गा.पा. ०६ की हलिया थरूनीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिप्रका, बाराले जनाएको छ ।
सम्बन्धित पोस्टहरुः