वीरगंज, २९ पुस । पर्साको जीराभवानी गाउँपालिका वडा नं. १ गम्हरीयाका वृद्ध–वृद्धा, अपाङ्ग र सीमान्तकृत समुदायका साधु सन्त असहायहरूलाई रामाकान्त अग्रवालको आर्थिक सहयोग तथा उपकार सेवा नेपालको सहकार्यमा कम्बल वितरण गरेको छ।
गम्हरीयाका १०० जना वृद्धवृद्धा तथा असहायलाई न्यानो कम्बल उपलब्ध गराएको संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले बताइन् ।
कार्यक्रममा वडा नं १ का अध्यक्ष रामशरण खवास संस्थाको संरक्षक पदमादेवी सरावगी, सदस्यहरू सुमन बगेडीया, रेनु सर्राफ र नेहा सर्राफ, प्रकाश थारू, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख सशस्त्र प्रनि हरि चन्द्र खड्का, प्रहरी चौकी महादेवपट्टीको प्रमुख प्रसनि अवधलाल साहले सयुक्त रूपमा कम्बल वितरण गरेका थिए ।
उपकार सेवाले यसअघि सो वडामा अपाङ्गता भएका ४ जना परिवारलाई ह्वीलचेयर प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।














