वीरगंज, २९ पुस –
विगत लामो समयदेखि जारी चिसो मौसमपछि पछिल्ला दुई–तीन दिनयता वीरगञ्जमा घाम लाग्न थालेसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
घाम लाग्न थालेपछि मानिसहरू घरबाट बाहिर निस्कन थालेका छन्। लामो समयदेखि थन्किएका कपडा धोएर सुकाउने, दैनिक किनमेलका लागि बजार जाने तथा बाहिरी कामकाज गर्न थालेपछि शहरको चहलपहल पनि बढेको छ।
चिसोका कारण प्रभावित दैनिकी पुनः लयमा फर्किन थालेको स्थानीयवासीले बताएका छन्। घाम लागेपछि तापक्रममा समेत केही सुधार देखिएको छ, जसले जनस्वास्थ्य र दैनिकी सहज बन्दै गएको छ।
स्थानीयवासीका अनुसार मौसम अनुकूल बन्दै जाँदा सामान्य जनजीवन पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।















