वीरगंज, २९ पुस । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेश अन्तर्गतका खेलाडीहरूको नयाँ दर्ता प्रक्रिया शुरू हुने भएको छ।
खेलकुद तथा समाज कल्याण मन्त्री माननीय इञ्जिनियर बसन्त कुमार कुशवाहाको अध्यक्षतामा २०८२ साल पौष २८ गते बसेको मधेश खेलकुद परिषद्रुको तेस्रो बोर्ड बैठकको निर्णयअनुसार खेलाडी दर्ता प्रक्रिया अघि बढाइएको हो।
मधेश खेलकुद परिषद् पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुद्वारा जारी सूचनाअनुसार, २०८२ साल पौष ३० गतेदेखि माघ १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ खेलाडी दर्ता फाराम सङ्कलन गरिनेछ। “खेली मधेश, जिती मधेश” भन्ने मूल नारालाई आत्मसात गर्दै सञ्चालन हुन लागेको यस दर्ता प्रक्रियाको मुख्य उद्देश्य प्रदेशस्तरबाट उत्कृष्ट तथा प्रतिभावान खेलाडी छनोट गर्नु रहेको छ। यसमार्पmत मधेश प्रदेशका उदाउँदा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ।
मधेश खेलकुद परिषद्, जनकपुरधामले सबै जिल्ला खेलकुद विकास समिति, खेल संघ–संस्था तथा सम्बन्धीत निकायलाई आ–आफ्नो क्षेत्रबाट योग्य खेलाडीहरूको दर्ता प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न आग्रह गरेको छ। खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडीको पहिचान तथा प्रदेशको गौरव अभिवृद्धि गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।














