कांग्रेसभित्र संकट गहिरियो, निष्कासनपछि विभाजनको संकेत

वीरगंज, ३० पुस

नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्षका लागि निष्कासन गरेसँगै पार्टी विभाजनतर्फ उन्मुख देखिएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

यससँगै विशेष महाधिवेशन पक्षधर समूहले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसअघि पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटक–पटक प्रयास भए पनि सहमति जुट्न सकेको थिएन।

सम्बन्धित पोस्टहरुः