रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

वीरगंज , ३० पुस –

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाइने जनाइएको छ। यद्यपि लामिछानेमाथि दायर गरिएको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ।

यसअघि सहकारी ठगीसँगै जोडेर लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गरिदिन लामिछानेको तर्फबाट महान्यायाधिवक्ता कार्यालयमा निवेदन दर्ता गरिएको थियो। सोही निवेदनका आधारमा सरकारबाट अभियोग फिर्ता लिने निर्णय भएको बताइएको छ ।

सम्बन्धित पोस्टहरुः