वीरगंज , १ माघ –
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।
संस्थापन पक्षको असहमतिकाबीच सहमतिको प्रयास असफल भएपछि गएराति नयाँ नेतृत्व सार्वजनिक गरिएको हो ।
भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यस्तै सहमहामन्त्री, खुला तथा समावेशी समूहअन्तर्गत विभिन्न पदमा केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन् । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको संकेत देखिएको छ ।














